Tribhuvan University Note [ TU Rules & Regulations] [9.1. TU Executive Council, Formation, Roles and Responsibilities 9.2. TU Service Commission, Formation, Roles and Responsibilities 9.3. TU Rules & Regulations, Teacher/Staff Services: Roles and Responsibilities of a TU staff, Leave & other facilities for a TU staff ]

Anil Pandit
0

 



9.1. TU Executive Council, Formation, Roles and Responsibilities

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् (Executive Council)

 

त्रिभुवन विश्वविद्यालय ऐन, 2049 अनुसार कार्यकारी परिषद् गठन गरिन्छ।

यो परिषद् विश्वविद्यालयको प्रमुख कार्यकारी निकाय हो जसले नीति कार्यान्वयन, प्रशासनिक व्यवस्थापन तथा बजेट सम्बन्धी निर्णयहरू गर्छ।

 

·        कार्यकारी परिषद्का सदस्यहरु

उपकुलपति अध्यक्ष
शिक्षाध्यक्ष सदस्य
अध्ययन संस्थानका डीनहरु मध्येबाट एकजना सदस्य
सङ्कायका डीनहरु मध्येबाट एकजना सदस्य
विश्वविविधालयका शिक्षकहरु मध्येबाट दुईजना सदस्य
रजिष्ट्रार सदस्य- सचिव

जम्मा 7 जना

 नोटः सदस्यहरुको मनोनयन उपकुलपतिको सिफारिशमा सभाले दुई वर्षको लागि गर्नेछ |

 

कार्यकारी परिषदको काम, कर्तव्य र अधिकारः कार्यकारी परिषदको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) सभाको निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।

(ख) वार्षिक कार्यक्रम, बजेट, प्रतिवेदन तयार गरी सभामा पेश गर्ने।

(ग) विश्वविद्यालयको चल अचल सम्पत्तिको सञ्चालन, संरक्षण र रेखदेख गर्ने ।

(घ) विश्वविद्यालयको लागि प्रदान गरिएका आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने ।

(ङ) विश्वविद्यालयको चल अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने वा कुनै सम्झौता, करार वा ठेक्का पट्टा गरी दिने, लिने ।

(च) विद्यार्थी शुल्क निर्धारण गर्ने ।

(छ) निजी क्याम्पसलाई सम्बन्धन दिने र मूल्याङ्कनको आधारमा अनुदान सिफारिस गर्ने।

(ज) नियमको मसौदा बनाई स्वीकृतिको लागि सभामा पेश गर्ने र सभाबाट स्वीकृत भएपछि लागु गर्ने ।

(झ) ऐन कार्यान्वयनका लागि आन्तरिक व्यवस्था गर्ने र नियममा नलेखिएको विषयमा आदेश जारी गर्ने, तर सभा स्वीकृति नदिएमा आदेश स्वतः बदर हुने।

(ञ) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको दरबन्दी तोक्ने र सेवा आयोगको सिफारिसमा नियुक्त र बढुवा गर्ने ।

(ट) डीनहरु, कार्यकारी निर्देशकहरु, केन्द्रीय विभागका प्रमुखहरु र क्याम्पस प्रमुखहरुको नियुक्ति गर्ने ।

(ठ) तोकिएबमोजिम अन्य कामहरु गर्ने ।

 

 

9.2. TU Service Commission, Formation, Roles and Responsibilities


त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो, जसले देशको शैक्षिक प्रणालीमा महत्वपूर्ण स्थान ओगटेको छ। 

वि.सं. २०१६ मा राजा त्रिभुवन वीर विक्रम शाहको सम्मानमा स्थापना गरिएको यो विश्वविद्यालयले देश र विश्वका लागि आवश्यक जनशक्ति उत्पादन, अनुसन्धान सञ्चालन तथा नेपालको सामाजिकआर्थिक विकासमा योगदान पुर्‍याउने कार्य गर्दै आएको छ।

यस विश्वविद्यालयमा मानव स्रोतको नियुक्ति तथा पदोन्नतिको व्यवस्थापन गर्नका लागि एक स्वतन्त्र निकायको व्यवस्था गरिएको छ, जसलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोग (Tribhuvan University Service Commission - TUSC) भनिन्छ।


TUSC एक स्वतन्त्र निकाय हो, जसको जिम्मेवारी विश्वविद्यालयभित्र शैक्षिक तथा प्रशासनिक कर्मचारीहरूको नियुक्ति र बढुवाको प्रक्रिया पारदर्शी र योग्यता आधारित बनाउन सुनिश्चित गर्नु हो।

यो आयोग त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ (Chapter 6) अनुसार गठन गरिएको हो, जसको अधिकृत मिति २०४९ साल पुष २२ गते (January 6, 1993 A.D.) हो।


विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्ने देहायका सदस्यहरु भएको एक अध्यक्ष र सदस्यसहित स्वतन्त्र सेवा आयोगको गठन हुनेछ

क) कुलपतिबाट नियुक्त व्यक्ति अध्यक्ष
(ख) सदस्य, लोक सेवा आयोग सदस्य
(ग) प्राध्यापकहरू मध्येबाट एक जना सदस्य

(२) उपधारा (१) को खण्ड (क) र (ग) वमोजिम अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिश पेश गर्न कुलपतिवाट सहकुलपतिका अध्यक्षतामा सभाका दुई जना सदस्यहरु रहने एक समिति गठन हुनेछ र सो समितिको सिफारिशमा कुलपतिबाट अध्यक्ष र सदस्यको नियुक्ति हुनेछ।

(३) सेवा आयोगको अध्यक्ष र मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ।

(४) सेवा आयोगको काम, कर्तव्य र अधिकार र कार्यविधि तोकिएकोबमोजिम हुनेछ।

(५) सेवा आयोगले शिक्षकको नियुक्ति तथा बढुवा गर्दा प्राज्ञिक क्षमता र अनुभवलाई र कर्मचारीको नियुक्ति तथा बढुवा गर्दा प्रशासनिक क्षमता तथा अनुभवलाई मुख्य आधार बनाउनेछ।

(६) सेवा आयोगको अध्यक्ष र सदस्यहरुको काम, कर्तव्य, अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरु तोकिएबमोजिम हुनेछ।



9.3. TU Rules & Regulations, Teacher/Staff Services: Roles and Responsibilities  of a TU staff, Leave & other facilities for a TU staff


विश्वविधालयले देहायबमोजिमका सेवाहरु र समुहहरु को गठन गर्ने छ:




बिदाको प्रकार : विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई देहायबमोजिमका बिदाको सुविधा प्रदान गर्न सकिनेछ :

(क) घर बिदा

·         बाह्र दिनको एक दिनका दरले घर बिदा पाउने |

·         घर बिदा बढीमा दुई सय दस (210) दिनसम्म सञ्चित रहनेछ ।

·         हिउँदे वा वर्ष बिदा पाउने शिक्षकलाई बिदाको अवधिमा आवश्यकतानुसार काममा लगाउनु परेमा एक दिन काम गरेबापत एक दिनका दरले घर बिदा पाउनेछ ।


(ख) बिरामी बिदा

·         शिक्षक वा कर्मचारीले १ वर्षमा १२ दिनको पुरा तलबी वा ३० दिनको आधा तलबी बिरामी बिदा पाउन सक्छन्।

·         यदि ७ दिनभन्दा बढी बिरामी बिदा चाहिएको हो भने, आवश्यक परे प्रमाणित डाक्टरको सिफारिस पेश गर्नुपर्छ।

·         कुनै शिक्षक वा कर्मचारीले यस नियमबमोजिम पाउने बिरामी बिदा सञ्चित गरी राख्नसक्नेछ

·         गम्भीर रोग लागेमा शिक्षक वा कर्मचारीले सञ्चित बिदा सकिएपछि, आगामी वर्षको घर र बिरामी बिदाबाट कट्टा हुने गरी ४५ दिनसम्मको पेश्की बिरामी बिदा लिन सक्छन्।

·         उपनियम (५) अनुसारको बिदा पनि नपुग भएमा, चिकित्सक समितिको सिफारिस र कार्यकारी परिषद्को निर्णयमा, असाधारण बिदाबाट कट्टा हुने गरी सेवा अवधिमा अधिकतम १ वर्षसम्म बिरामी बिदा लिन सकिन्छ।

·         पदाधिकारी भए पनि विश्वविद्यालयका शिक्षक वा कर्मचारीले सो पदमा काम गरेका वर्षको हरेक वर्षका लागि १५ दिनका दरले बिरामी बिदा पाउँछन्।


(ग) प्रसूति बिदा र प्रसूति स्याहार बिदा

·         महिला शिक्षक वा कर्मचारीलाई सुत्केरी हुनुभन्दा अघि वा पछि ९८ (अन्ठानब्बे) दिनसम्मको प्रसूति बिदा दिइने छ ।

·         प्रसूति बिदा अपुग हुने भएमा त्यस्तो महिलालाई विज्ञ चिकित्सकको सिफारिसमा बढीमा एक वर्षसम्म असाधारण बिदा पाउने अधिकार हुनेछ

·         शिक्षक वा कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।

·         बच्चाको स्याहारको निमित्त बढीमा दुईवटा बच्चाका लागि जनही एकमुष्ट पाँच हजार रुपैयाँ शिशु स्याहार भत्ता दिइनेछ ।

·         प्रसूति स्याहार बिदा लिएको शिक्षक वा कर्मचारीले बिदा लिएको मितिले तीन महिनाभित्रमा बच्चाको जन्म दर्ताप्रमाणपत्र कार्यरत कार्यालय वा निकायमा पेश गर्नुपर्नेछ ।


(घ) पर्व बिदा

·         शिक्षक वा कर्मचारीले वर्षभरिमा बढीमा ६ (छ) दिनसम्मको पर्व बिदा पाउनेछ ।

·         पर्व बिदा सञ्चित गरी अर्को वर्ष लिन सकिने छैन ।


(ङ) भैपरी आउने बिदा

·         शिक्षक वा कर्मचारीले १ वर्षमा बढीमा ७ दिनसम्मको भैपरी आउने बिदा पाउनेछन् ।

·         यो बिदा आधा दिन पनि लिन पाइनेछैन ।

·         यो बिदा सञ्चित हुने छैन ।


(च) क्रिया बिदा

·         पन्ध्र दिन क्रिया बिदा पाउनेछ

·         महिला शिक्षक वा कर्मचारीको पतिले किरिया बस्नुपरेमा निजलाई पनि त्यति नै दिन क्रिया बिदा दिइनेछ ।

·         क्रिया बिदामा बस्दा शिक्षक, कर्मचारीले पुरा तलब पाउनेछ ।

·         बिदा लिने शिक्षक वा कर्मचारीले बिदापछि कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृत व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृत व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नुपर्नेछ ।


(छ) अध्ययन बिदा

·         ५० वर्षभन्दा कम उमेर भएका कर्मचारीलाई सामान्यतः १ वर्षभन्दा बढी अध्ययन बिदा दिइँदैन।

·         स्वेच्छिक कार्यक्रमअन्तर्गत अध्ययन गर्न चाहनेले ६ महिना अघिदेखि स्वीकृति लिनुपर्छ।

·         एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ । दुई वर्षसम्म थप गर्न सक्नेछ ।

·         अध्ययन बिदा स्वीकृत गर्ने अधिकारी शिक्षकको हकमा शिक्षाध्यक्ष र कर्मचारीको हकमा रजिष्ट्रार हुनेछ ।

(ज) स्वाध्ययन बिदा

·         अनुसन्धान, योग्यता वृद्धि, पाठ्यपुस्तक लेखन वा अन्य शैक्षिक/प्राज्ञिक कार्यका लागि दिइन्छ।

·         पूर्ण तलबसहित १ वर्षको बिदा; ५ वर्षपछि मात्र पुनः लिन सकिने, अधिकतम ३ पटकसम्म।

·         यो बिदा सञ्चित हुँदैन

·         स्वाध्ययन बिदा स्वीकृत गर्ने अधिकारी शिक्षाध्यक्ष हुनेछ ।


(झ) असाधारण बिदा

·         एक पटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढाई असाधारण बिदा दिन सक्नेछ ।

·         असाधारण बिदामा बस्ने शिक्षक, कर्मचारीले सो अवधिभर तलब पाउने छैन ।

·         पाँच वर्ष स्थायी सेवा अवधि नपुगी कुनै पनि शिक्षक वा कर्मचारीले असाधारण बिदा पाउने छैन ।

·         असाधारण बिदा कार्यकारी परिषद्ले स्वीकृत गर्नेछ ।


(ञ) विशेष तलबी बिदा

·         तीन वर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई १ (एक) महिनाको पुरा तलबी बिदा दिइनेछ ।

·         विशेष तलबी बिदा नलिएको अवस्थामा, सेवा निवृत्त हुँदा अधिकतम ५ महिनासम्मको तलब उपलब्ध हुनसक्छ।

·         बिदा जतिसुकै समयसम्म जम्मा गर्न मिल्छ, तर एकपटकमा ३० दिनभन्दा कम र एक वर्षमा बढी दिन मिल्दैन। यो स्वाध्ययन बिदा नपाउने कर्मचारीलाई मात्र लागू हुन्छ।

 

 

तलब, भत्ता, दशैं खर्च, औषधि-उपचार तथा अन्य सुविधाहरु

1.       तलब भत्ता

·         शिक्षक तथा कर्मचारीले नियुक्ति भएको दिनदेखि पदअनुसारको तलब, भत्ता र सुविधा पाउँछन्।

·         तलब, भत्ता र सुविधा कार्यकारी परिषद्ले तोकेको अनुसार मिल्छ।

·         सजाय नभएको स्थायी कर्मचारीले हरेक वर्ष एक ग्रेड वृद्धि सहित तलब बढाउने व्यवस्था हुन्छ, र ग्रेड तथा रकम कार्यकारी परिषद्ले तोक्छ। रोकिएको तलब वृद्धि फुकुवा भएमा मिति लिखित रूपमा जनाउनु पर्छ।

2.      तलब भत्ताको भुक्तानी :

·         विश्वविद्यालय सेवामा बहाल रहेका शिक्षक तथा कर्मचारीले प्रत्येक महिना समाप्त हुनुभन्दा साधारणतः बढीमा ५ दिन अगावै तलबभत्ताको भुक्तानी पाउनेछन् ।

·         कार्यकारी परिषद्ले तोकेको पदहरूमा कार्यरत कर्मचारीहरूलाई तोकिएबमोजिम लुगा भत्ता, गरमसुट, बुट, बर्षादी र ओभरकोट आदि दिइनेछ ।

3.      दैनिक तथा भ्रमण भत्ता :

·         विश्वविद्यालयको कामको सिलसिलामा भ्रमण गर्नु पर्दा पाउने दैनिक तथा भ्रमण भत्ता तथा अन्य सुविधा कार्यकारी परिषद्ले तोकेबमोजिम हुनेछ ।

4.      पारिवारिक दैनिक तथा भ्रमण भत्ता :

·         शिक्षक तथा कर्मचारीहरू सरुवा हुँदा पाउने पारिवारिक दैनिक तथा भ्रमण भत्ता कार्यकारी परिषद्बाट तोकिएबमोजिम हुनेछ ।

5.      निलम्बन भएमा पाउने तलब :

·         निलम्बनको अवधिभर निजले आफ्नो तलबको आधा मात्र पाउनेछ ।
तर आरोप प्रमाणित नभई सफाई पाएमा निलम्बन अवधिको पूरा तलब (अघिल्लो आधा कट्टा भए फिर्ता) पाउन सकिन्छ।

तर कसुरदार ठहरिएमा निलम्बन अवधिको बाँकी तलब र भत्ता दिइँदैन।

6.      चाड पर्व खर्च:

·         शिक्षक/कर्मचारीले आफ्नो धर्मसंस्कृति अनुसार मनाइने मुख्य चाडको अवसरमा एक महिनाको तलब बराबरको रकम हरेक आर्थिक वर्षमा एकपटक पाउँछन्।

·         निवृत्तिभरण पाउने गरी अवकाश प्राप्त शिक्षक/कर्मचारीलाई एक महिनाको निवृत्तिभरण बराबरको रकम चाड पर्व खर्च स्वरूप दिइन्छ।

7.      औषधी उपचार खर्च

8.      अङ्गभङ्ग भए वा चोटपटक लागेबापत पाउने सुविधा

9.      चेयर प्रदान गर्ने व्यवस्था

10.  विशेष आर्थिक सुविधा

 

अवकाश, उपदान र निवृत्तिभरण

·         अनिवार्य अवकाश :

·         शिक्षक तथा कर्मचारीलाई निजको उमेर ६३ वर्ष पुरा भएपछि विश्वविद्यालय सेवाबाट अनिवार्य अवकाश दिइनेछ |

·         कर्मचारीले प्रशासक पदमा ५ वर्ष सेवा गरेपछि अनिवार्य अवकाश पाउँछन्। तर विश्वविद्यालयलाई आवश्यक ठानिएमा कार्यकारी परिषद्ले अधिकतम २ वर्ष सेवा अवधि एकपटक थप गर्न सक्छ।

·         स्वैच्छिक अवकाश

·         २० वर्ष स्थायी सेवा गरेपछि शिक्षक/कर्मचारीले इच्छाले अवकाश लिन नियुक्ति गर्ने अधिकारीबाट अनुमति पाउन सक्छन्।

·         विश्वविद्यालयको आर्थिक अवस्था हेरी, कार्यकारी परिषद्ले बढीमा ७ वर्षसम्मको निवृत्तिभरण एकमुष्ट पेस्की दिन सक्छ।

·         उपदान : ५ वर्ष वा सोभन्दा बढी स्थायी सेवा गरेका तर निवृत्तिभरण नपाउने शिक्षक/कर्मचारीले अवकाश, राजिनामा वा सेवाबाट हटाइएमा उपदान पाउँछन्।

·         १० वर्ष सेवा गरेकाले प्रत्येक वर्षको सेवा अवधि अनुसार अन्तिम तलबको आधा महिनाको दरले उपदान पाउनेछन्।

·         १० वर्षभन्दा बढी १५ वर्षसम्म सेवामा रहेको सेवामा आफू रहेको प्रत्येक वर्ष आएको आखिरी तलबका दरले १ महिनाको तलब,

·         १५ वर्षभन्दा बढी २० वर्ष पुरा नभएसम्म रहेको प्रत्येक वर्ष आएको आखिरी तलबको ४५ दिनको तलब ।

तर

·         यदि कुनै शिक्षक वा कर्मचारी खारेजीमा परे, शारीरिक अस्वस्थताका कारण सेवा गर्न नसक्ने भए वा मृत्यु भए, र उनले कम्तीमा ३ वर्ष सेवा गरेका थिए भने, निजको सेवाअवधिमा ५ वर्ष थपेर पनि निवृत्तिभरणको लागि आवश्यक अवधि नपुगेमा, त्यो थपिएको अवधिको आधारमा उपदान दिइनेछ।

·         निवृत्तिभरण : कम्तीमा ५ वर्ष स्थायी भै २० वर्ष वा सोभन्दा बढी समयसम्म विश्वविद्यालय सेवामा संलग्न शिक्षक वा कर्मचारीले अवकाश प्राप्त गरेको मितिदेखि नै देहायबमोजिम मासिक निवृत्तिभरण पाउनेछन् :


पारिवारिक निवृत्तिभरण : निवृत्तिभरण पाउन थालेको ७ वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई निवृत्तिभरण  पाउनेछन्

·         असाधारण पारिवारिक निवृत्तिभरण : कुनै शिक्षक वा कर्मचारी विश्वविद्यालयको काम गर्दा दुर्घटनामा परी तुरुन्तै वा चोटको कारण पछि मृत्यु भएमा, र उनको सेवा अवधि २० वर्षभन्दा कम भए पनि बाँकी अवधि थप गरी विधुर पति वा विधवा पत्नीलाई आजीवन असाधारण पारिवारिक निवृत्तिभरण दिइनेछ।

·        बरबुझारथ नगरेमा उपदान वा निवृत्तिभरण रोक्का गर्न सकिने: यदि सेवानिवृत्त शिक्षकले नियमानुसार बुझाउनु पर्ने नगदी, जिन्सी वा कागजात बुझाएनन् भने, त्यो अवधिसम्मको लागि उनको उपदान वा निवृत्तिभरण रोक्का गरिनेछ। शिक्षकले तोकिएको समयभित्र आवश्यक सामग्री बुझाउनुपर्छ।

·       निवृत्तिभरणमा थप: यदि शिक्षक वा कर्मचारीले अन्य सरकारी वा गैरसरकारी सेवा पश्चात विश्वविद्यालय सेवामा आएर निवृत्तिभरण पाउँछन् भने, उनीहरूले पहिलेको सेवाबाट पाएको निवृत्तिभरणमा बाँकी रकम मात्र विश्वविद्यालयबाट थप पाउनेछन्।

 

सञ्चयकोष तथा सापटीसम्बन्धी व्यवस्था

1.      कर्मचारी सञ्चयकोषमा रकम जम्मा गरिने :
(१) पूर्ण समय पदाधिकारी र स्थायी शिक्षक कर्मचारीको मासिक तलबबाट १०% कट्टा गरी विश्वविद्यालयले समान रकम थप गरी जम्मा गर्नेछ ।
(२) नियमानुसार अवकाश पाउनेले जम्मा रकम फिर्ता पाउनेछन् ।

2.      सापटी तथा पेस्की दिन सकिने :
शिक्षक तथा कर्मचारीलाई सापटी तथा पेस्की दिन कार्यकारी परिषद्ले तोकेको व्यवस्था अनुसार हुनेछ ।

आचरण

·         समयपालन र नियमितता : शिक्षक तथा कर्मचारीले तोकिएको समयमा नियमित हाजिर हुनुपर्छ र अनुमति बिना अनुपस्थित हुनु हुँदैन।

·         गोप्यता भङ्ग गर्न नहुने : पूर्व स्वीकृति बिना विश्वविद्यालयका कागजात वा जानकारी अनधिकृत व्यक्तिलाई नदिनु र नसञ्चार गर्नुहोस्।

·         राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नहुने: शिक्षक वा कर्मचारीले राजनैतिक दलको सदस्यता लिई वा नलिई निर्वाचनमा उम्मेदवार बन्न सक्दैनन्। तर प्राज्ञिक स्वतन्त्रता अन्तर्गत बैठक, कार्यशाला, गोष्ठी, सम्मेलन, छलफलमा भाग लिन र विचार व्यक्त गर्न रोक छैन।

·         आफैँ निर्णय लिन नहुने:

·         अन्य स्थानमा काम गर्ननहुने

·         छात्रवृत्ति स्वीकार गर्ननहुने

·         स्वीकृति लिनुपर्ने

·         आफ्नो सेवा र पदअनुसारको आचरण गर्नुपर्ने

·         विश्वविद्यालयलाई सहयोग गर्नुपर्ने

·         हानि-नोक्सानी गर्ननहुने

·         भ्रष्टाचार गर्ननहुने

·         विश्वविद्यालयसँग सम्बन्धित ऐन कानूनको पालना गर्नुपर्ने

·         उचित आदर र व्यवहार देखाउनुपर्ने

·         व्यावसायिक नैतिकता कायम राख्नुपर्ने

·         राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने

·         अपराधलाई प्रश्रय दिननहुने

·         तोकिएको काम पुरा गर्नुपर्ने

 

विभागय कारबाही, सजाय र पुनरावेदन

शिक्षक तथा कर्मचारीलाई गर्न सकिने सजाय :

(क) सामान्य सजाय

१. नसिहत दिने ।
२. बढीमा २ ग्रेड वृद्धि रोक्का गर्ने ।
३. बढीमा २ वर्षसम्मका लागि बढुवा रोक्का गर्ने ।

(ख) विशेष सजाय

१. भविष्यमा विश्वविद्यालय सेवाका निमित्त अयोग्य नठहरिने गरी विश्वविद्यालय सेवाबाट हटाउने,
२. भविष्यमा विश्वविद्यालयको सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने ।



  

Focus mainly on the highlighted part. The rest is optional. If you want to learn in detail, read according to the syllabus.


Post a Comment

0Comments

Post a Comment (0)