नेपाल आयल निगमको परिचय, उद्देश्य र कार्यक्षेत्र || २.४ नेपाल आयल निगम लिमिटेडको कर्मचारी प्रशासन सम्बन्धी विनियमको विदा, आचरण र विभागीय कारवाही सम्बन्धी || Introduction, Objectives, and Scope of Nepal Oil Corporation || Leave, Conduct, and Departmental Action Rules of Nepal Oil Corporation Limited Employees

Anil Pandit
0




2.2 नेपाल आयल निगमको परिचय, उदेश्य र कार्यक्षेत्र

१. परिचय

  • स्थापना: वि.सं. 2027 पौष 26 गते (सन् 1971 डिसेम्बर 10)
  • स्वामित्व: पूर्ण रूपमा नेपाल सरकारको स्वामित्वमा रहेको संस्था
  • मुख्यालय: हाल टेकु, काठमाडौं (बबरमहलमा नयाँ कार्यालय भवन निर्माणाधीन)
  • संरचना: ७ वटा प्रादेशिक कार्यालय, तिनअन्तर्गत इन्धन डिपो, हवाई इन्धन डिपो, रिफ्युलिङ्ग स्टेशन तथा शाखा कार्यालयहरू
  • भण्डारण क्षमता: 60,384 KL पेट्रोलियम पदार्थ
  • कर्मचारी: करिब 600 जना
  • अध्यक्ष: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव

२. उदेश्य

  • नेपालभर पेट्रोलियम पदार्थहरूको निरन्तर आपूर्ति सुनिश्चित गर्ने
  • आयात, ढुवानी, भण्डारण र वितरण लाई प्रभावकारी बनाउन
  • ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने
  • पाइपलाइन तथा पूर्वाधार विकास गरी गुणस्तरीय इन्धन उपलब्ध गराउने
  • स्वचालित मूल्य प्रणालीमार्फत पारदर्शी मूल्य निर्धारण गर्ने
  • इन्धन वितरणमा निजी क्षेत्रसँग सहकार्य गरी उपभोक्तासम्म सहज आपूर्ति पुर्‍याउने

३. कार्यक्षेत्र

  • भारतका विभिन्न डिपोबाट पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन) आयात
  • भारतका बरौनी, दुर्गापुर, हल्दीया, मथुरा र पारादिपबाट LPG Gas आयात
  • आयात गरिएका पदार्थलाई नेपालका इन्धन डिपोहरूमा भण्डारण
  • 1863 भन्दा बढी ट्याङ्कर ट्रक तथा मोतिहारीअमलेखगन्ज पाइपलाइन मार्फत ढुवानी
  • आगामी विस्तार: अमलेखगन्जचितवन र सिलिगुडीचारआलीसम्म पाइपलाइन, ग्यास पाइपलाइन परियोजना
  • 1563 भन्दा बढी निजी थोक विक्रेतामार्फत उपभोक्ता समक्ष वितरण
  • LPG Gas: निजी ग्यास उद्योगीहरुलाई PDO (Permit to Deliver) मार्फत आपूर्ति
  • पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रत्येक १५ दिनमा, भारतको मूल्यलाई आधार मानी

 

2.4  नेपाल आयल निगम लिमिेटेडको कर्मचारी प्रशासन सम्वन्धी विनियमको विदा, आचरण र विभागीय कारवाही सम्वनधी 

५.१ कार्यकारी प्रमुखको नियुक्ति :

·         निगमको कार्यकारी प्रमुखको नियुक्ति नेपाल सरकार वा नेपाल सरकारले तोकेको प्रक्रियाअनुसार हुनेछ।

·         नियुक्त भएका कार्यकारी प्रमुखसँग सम्बन्धित मन्त्रालयबाट सूचकांक तोकी कार्य सम्पादन सम्झौता गरिनेछ।

५.२ नियुक्ति दिने अधिकारी :

·         निगमको अधिकृतस्तरको कर्मचारीको हकमा :

o    पदपूर्ति समितिको सिफारिसमा

o    सञ्चालक समितिको स्वीकृति लिएर

o    कार्यकारी प्रमुखले नियुक्ति दिने।

·         निगमको सहायक स्तरको कर्मचारीको हकमा :

o    पदपूर्ति समितिको सिफारिसमा

o    विभागीय प्रमुख वा कार्यालय प्रमुखले नियुक्ति दिने।

४. उमेरको हद

(१) निगमको कुनै पनि पदमा नियुक्ति हुनको लागि उमेरको न्यूनतम र अधिकतम हद:

  • अधिकृत स्तर : २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको।
  • सहायक स्तर : १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको।

(क) विशेष प्रावधान :

  • महिला तथा अपाङ्ग उम्मेदवारको हकमा उमेरको अधिकतम हद ४० वर्ष ननाघेको हुनु पर्नेछ।

(ख) बाहिरबाट खुल्ला प्रतिस्पर्धा :

  • निगम बाहिरबाट सिधै खुल्ला प्रतिस्पर्धाबाट दशौं (१०) तहको पदमा दरखास्त दिने उम्मेदवारको उमेर ४५ वर्ष ननाघेको हुनु पर्नेछ।

५.४ नियुक्ति गर्ने प्रक्रिया

(१) नियुक्ति दिने समय सीमा :

·         निगमको सेवामा खुला प्रतियोगिताद्वारा सिफारिस भएका अधिकृत कर्मचारीलाई समितिले स्वीकृत गरेको मितिले ३० दिनभित्र नियुक्ति दिनु पर्नेछ।

·         सहायक कर्मचारीलाई नियुक्तिका लागि पदपूर्ति समितिले सिफारिस गरेको मितिले ३० दिनभित्र नियुक्ति दिनु पर्नेछ।

·         सो रिक्त पदको ३० दिनभित्र पनि नियुक्तिपत्र बुझ्न नआएमा, वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति दिनुपर्नेछ।

(२) सूचना प्रकाशन :

·         उपविनियम (१) बमोजिमको सूचना उम्मेदवारलाई जानकारी गराउन

o    निगमको वेबसाइटमा

o    वा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सार्वजनिक गर्नुपर्नेछ।

(३) नियुक्तिपत्रमा वहाली मिति :

·         सम्बन्धित अधिकारीले नियुक्तिपत्र दिँदा वहाली गर्नु पर्ने मिति तोक्न सक्नेछ।

·         यदि खास मिति तोकिएको भएसोही मितिमा वहाली गर्नु पर्नेछ।

·         यदि मिति नतोकिएको भएनियुक्तिपत्र बुझेको मितिबाट (बाटोको म्याद बाहेक) १५ दिनभित्र वहाली गर्नु पर्नेछ।

(४) काबु बाहिरको परिस्थिति :

·         सप्रमाण जानकारी दिएको अवस्थामा मात्र अपवाद मानिनेछ।

·         अन्यथा, उपविनियम (४) बमोजिम तोकिएको म्यादभित्र वहाली नगर्ने कर्मचारीको नियुक्तिपत्र नियुक्ति दिने अधिकारीले रद्द गर्न सक्नेछ।

५.६ परीक्षणकाल

(१) परीक्षणकालको अवधि :

·         महिला कर्मचारी६ महिना।

·         पुरुष कर्मचारी१ वर्ष।

(२) पुनः परीक्षणकाल नहुने अवस्था :

·         निगमको स्थायी पदमा एक पटक परीक्षणकाल भुक्तान गरिसकेको कर्मचारीलाई

o    पुनः परीक्षणकालमा राखिने छैन।

(३) कार्य सम्पादन असन्तोषजनक भएमा :

·         परीक्षणकालमा कार्य सम्पादन सन्तोषजनक नभएमा

o    नियुक्ति दिने अधिकारीले सो अवधि भित्र

o    निजलाई सफाईको मौका दिई कारण जनाई हटाउन सक्नेछ।

(४) परीक्षणकालको गणना :

·         नियुक्ति सदर भएपछि परीक्षणकालमा बिताएको अवधि पनि

o    स्थायी सेवाको अवधिमा गणना गरिनेछ।

५.९ सेवा करारमा नियुक्ति

(१) करारमा पदपूर्ति हुने पदहरू :

  • यो विनियमावली प्रारम्भ भएपश्चात, बाउजर अपरेटर र टेक्निसियन पद बाहेकका:
    • भारी सवारी चालक
    • हलुका सवारी चालक
    • सुरक्षा गार्ड
    • मिस्त्री
    • कार्यालय सहयोगी
    • माली
    • हाउसकिपिङ असिस्टेन्ट
    • स्वीपर
    • हेल्पर
  • यी तहविहीन पदहरूलाई प्रचलित कानूनको अधीनमा रही प्रतिस्पर्धा आधारमा सेवा करारबाट मात्र पदपूर्ति गरिनेछ।

(१क) करारमा नियुक्त कर्मचारीहरूको सेवा शर्त :

  • उपविनियम (१) बमोजिम नियुक्त भएका कर्मचारीहरूको सेवा शर्त करार वा सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ।
  • कुनै विशेष कामको लागि आवश्यक योग्यता र विशेषज्ञता प्राप्त व्यक्तिलाई :
    • एक पटकमा अधिकतम १ वर्षका लागि
    • सञ्चालक समितिको स्वीकृतिपछि
    • कार्यकारी निर्देशकले सेवा करारमा लिन सक्नेछ।
  • करार सेवाका सर्त र पारिश्रमिक करारनामामा उल्लेख भए बमोजिम हुनेछ। 

५.१० सेवा समूह परिवर्तन

(१) सेवा, समूह परिवर्तनको अवस्था :

  • निगमको कुनै पद आवश्यक नभई दरबन्दी कटौती भएको भए,
  • सो कटौती भएको सेवा, समूहमा कार्यरत कर्मचारीको शैक्षिक योग्यता
    • निगमको अर्को सेवा, समूहको समान तहको पदका लागि तोकिएको योग्यतासँग मिल्ने भएमा,
  • त्यस्तो कर्मचारीको दक्षता र अनुभव पनि मिल्ने खालको भएमा,
  • प्रतियोगितात्मक लिखित परीक्षा लिई सेवा, समूह परिवर्तन गर्न सकिनेछ।

(२) परामर्श प्रक्रिया :

  • उपविनियम (१) बमोजिम, लोक सेवा आयोगको परामर्श प्राप्त गरेपछि मात्र निगमले सेवा, समूह परिवर्तन गर्न सक्नेछ।

(३) अन्य व्यवस्था :

  • सेवा, समूह परिवर्तनसम्बन्धी अन्य व्यवस्था लोक सेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ।
जेठता र कार्यसम्पादनको मूल्याङ्कनबाट गरिने बढुवाको आधार
क्र.सं. आधारहरु अङ्क
(क) कार्य सम्पादन मूल्याङ्कन ४०
(ख) जेठता ३०
(ग) भौगोलिक क्षेत्रको अनुभव १२
(घ) शैक्षिक योग्यता (न्यूनतम योग्यता १२, माथिल्लो शैक्षिक योग्यता ३) १५
(ङ) तालिम
जम्मा अङ्क : १००


6.8 भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्यांकन (१२ अंक भित्र)

1.      अंक निर्धारण दर:

o        "" वर्ग प्रति वर्ष अंक

o        "" वर्ग प्रति वर्ष . अंक

o        "" वर्ग प्रति वर्ष अंक

2.      क्षेत्र वर्गीकरण:

o        "" वर्ग डोटी

o        "" वर्ग सुर्खेत, दाङ, रामेछाप

o        "" वर्ग बाँकी सबै जिल्ला

3.      गणना नियम:

o        हाल बहाल तहमा काम गरेको मात्र गनिने।

o        कम्तीमा २३३ दिन काम नगरेसम्म अंक नपाइने।

o        २३३ दिनभन्दा बढी भए दरअनुसार, कम भएमा "" वर्गको अंक मात्र।

o        वर्षभन्दा बढी तालिम/अध्ययन भएमा "" वर्गको अंक।

o        निलम्बन/पुनर्बहाली अवधि समेत त्यही क्षेत्रमा काम गरेको मानिने।

 

.१३ बढ़वाको उजूरी (Promotion Appeal) – सारांश

1.      उजूरी दिने अधिकार:

o        बढुवाको सिफारिसमा चित्त नबुझ्ने उम्मेदवारले नामावली प्रकाशन भएको मितिदेखि ३५ दिनभित्र उजूरी दिन सक्छ।

2.      उजूरी छानबिन समिति गठन:

o        अध्यक्ष समितिले तोकेको सदस्य

o        सदस्य मन्त्रालयको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत

o        सदस्य समितिले तोकेको विज्ञ

o        तर, १० औं तह वा माथिल्लो पद को बढुवा उजूरीमा मन्त्रालयको सहसचिव स्तरको प्रतिनिधि रहनेछ।

3.      छानबिन समयसीमा:

o        उजूरी दिने अन्तिम म्याद सकिएको मितिदेखि महिनाभित्र टुङ्गो लगाउनुपर्ने।

4.      संशोधन भएमा:

o        पहिले प्रकाशित बढुवा नामावलीमा संशोधन भए पदपूर्ति समितिलाई जानकारी दिनुपर्ने।

5.      सूचना प्रकाशन:

o        संशोधित नामावली पाएपछि पदपूर्ति समितिले सूचना प्रकाशित गरी सञ्चालक समितिमा नियुक्तिको लागि पेश गर्ने।

6.      प्रक्रिया निर्धारण:

o        उजूरी सम्बन्धित कार्यविधि पदपूर्ति समितिले निर्धारण गरी लागू गर्न सक्नेछ।

 

 

. काज, तालीम, कायम मुकायम निमित्त

. काज (Official Duty/Assignment)

·         अध्यक्ष, सदस्य, कार्यकारी निर्देशक वा कर्मचारीलाई नेपाल वा विदेशमा काजमा पठाउन सकिन्छ।

. काज/भ्रमण स्वीकृति

1.      कार्यकारी प्रमुखलाई काजमा पठाउने सञ्चालक समितिले।

o        तर नेपाल/भारतको दिनसम्मको भ्रमण आफैं जान सक्ने, अध्यक्षलाई जानकारी दिनुपर्ने।

2.      विदेश भ्रमण (अन्य देश) कार्यकारी प्रमुखलाई अध्यक्षबाट, अन्य कर्मचारीलाई कार्यकारी प्रमुख वा निजले तोकेको अधिकारीबाट।

o        क्षेत्रीय कार्यालयका लागि क्षेत्रीय प्रमुखले (नेपाल/भारतमा दिनसम्म)

3.      नेपालभित्र कर्मचारीलाई कार्यकारी प्रमुख वा निजले तोकेको अधिकारी, सम्बन्धित कार्यालयका प्रमुखले स्वीकृति दिन सक्ने।

. तालीम (Training)

·         तालीम/अध्ययनमा जानुअघि कबुलियतपत्र अनिवार्य (अनुसूची- अनुसार)

o        महिना भित्रको तालीम वर्ष सेवा बाँध्नुपर्ने।

o        महिना वर्ष वर्ष सेवा।

o        वर्षभन्दा बढी वर्ष सेवा।

·         सेवा नरहेमा बाँकी अवधिको खर्च दामासाही हिसाबले असुल गरिने।

. तालीममा जाँदा तलब

·         निगमले पठाएको कर्मचारीले पूर्ण तलब/भत्ता पाउँछ।

. कायम मुकायम (Acting / Temporary Charge)

1.      विभाग/कार्यालय प्रमुखको पद रिक्त भएमा बढीमा महिनाको लागि एक तह मुनिको ज्येष्ठ कर्मचारीलाई कायम मुकायम तोकिन्छ।

2.      एक तह भन्दा माथि कायम मुकायम दिन पाइँदैन।

3.      कायम मुकायममा काम गर्दा सो पदको सुरुवाती स्केलको तलब भत्ता पाउने।

o        तर साबिकको तलब सो भन्दा बढी भए नजिकको माथिल्लो स्केलमा समायोजन गरिने।

4.      तोकिएको पद/कार्यालयमै काम गर्नुपर्ने।

. निमित्त (Acting for Short Term)

·         कार्यालय/विभागीय प्रमुख काज वा विदामा हुँदा वा पद रिक्त हुँदा कार्य संचालनको लागि निमित्त दिइन्छ।

·         १५ दिनभन्दा बढी काम गरेमा खाइपाई आएको तलब भत्तामा नघट्ने गरी माथिल्लो स्केलको तलब भत्ता समेत पाउने।

 

 

परिच्छेद : विदा

. सामान्य प्रावधान

1.      विदा कर्मचारीको अधिकार होइन, कार्यालयको काममा बाधा नपर्ने गरी मात्र स्वीकृत हुन्छ।

2.      विदामा बसेको कर्मचारीलाई आवश्यक परे काममा बोलाउन सकिन्छ

3.      लिखित/मौखिक अनुमति बिना विदा लिन नपाइने

4.      लगातार १५ दिन बिना सूचना गैरहाजिर भएमा अनुशासनात्मक सजाय हुन्छ।

o        तर उचित कारणसहित निवेदन स्वीकृत भए उल्लंघन मानिँदैन।

5.      कार्यक्षेत्र बाहिर वा विदेश जान पूर्व स्वीकृति अनिवार्य

6.      विदा वर्ष = वैशाख देखि चैत्र मसान्तसम्म

7.      असाधारण/विशेष विदा बाहेक अन्य विदामा पूर्ण तलबभत्ता पाइन्छ।

8.      घर विदा, वेतनविहीन विदा वा असाधारण विदामा बसेका बेला विरामी वा घर विदा पाइँदैन

. विदाको किसिम

1.      भैपरी आउने (क्याजुअल) विदा

2.      घर विदा

3.      विरामी विदा

4.      अध्ययन विदा

5.      असाधारण विदा

6.      प्रसूति विदा

7.      किरिया विदा

8.      सट्टा विदा

9.      असक्त विदा

10.  प्रसूति स्याहार विदा

. भैपरी आउने (क्याजुअल) विदा

1.      प्रत्येक वर्ष १२ दिन।

2.      संचित (carry forward) हुने छैन।

3.      एकपटकमा बढीमा दिन लिन सकिने।

4.      यस विदामा पूर्ण तलबभत्ता पाइन्छ।

 

९.४ घर विदा (Home Leave)

1.      दर: काम गरेको १२ दिनमा १ दिन वर्षमा ३० दिन।

2.      अधिकतम १५० दिनसम्म संचित गर्न सकिन्छ।

3.      सेवाबाट अलग हुँदा संचित विदा वापत तत्कालको तलब बराबर रकम पाइन्छ।

4.      ६० दिनभन्दा बढी संचित भएमा ६० दिन बाँकी राखी बढीको सट्टा नगद लिन सकिन्छ।

5.      विदामा बसेको कर्मचारीले पूरा तलब–भत्ता पाउँछ।

 

९.५ विरामी विदा (Sick Leave)

1.      दर: महिनाको १ दिन वर्षमा १२ दिन।

2.      लगातार ७ दिनभन्दा बढी विरामी विदा चाहिँ चिकित्सकको प्रमाणपत्र अनिवार्य।

3.      सेवाबाट अवकाश वा मृत्यु भएमा संचित विरामी विदा वापत तत्कालको पदको तलब दरमा रकम पाइन्छ।

4.      गम्भीर रोग भएमा संचित विदा नभएमा बढीमा ४५ दिनसम्म थप विरामी विदा पाइन्छ।

5.      विरामी विदामा पूर्ण तलब–भत्ता पाइन्छ।

 

९.६ अध्ययन विदा (Study Leave)

1.      अवधि: सेवा अवधिभरमा ४ वर्षसम्म, एक पटक वा पटक–पटक।

2.      सर्त: अध्ययन विषय निगमको सेवा उपयोगी र आवश्यक हुनुपर्छ।

3.      अनिवार्यता: अध्ययन विदा लिन कम्तीमा ५ वर्ष स्थायी सेवा

4.      तलब भत्ता: अध्ययन विदामा बसेका कर्मचारीले पूरा तलब–भत्ता पाउने।

5.      स्वीकृति: सबै स्तरका कर्मचारीको अध्ययन विदा कार्यकारी प्रमुखले स्वीकृत गर्ने।

 

९.७ असाधारण विदा

1.      अवधि: सेवा अवधिभरमा ४ वर्षसम्म, अन्य विदा सकिसकेपछि।

2.      सेवामा गणना: असाधारण विदा सेवाको अवधिमा गणना हुँदैन

3.      तलब भत्ता: यस अवधिमा तलब–भत्ता पाइँदैन

९.८ प्रसूति विदा (Maternity Leave)

महिला कर्मचारीका लागि:

1.      अवधि: सुत्केरीको अगाडि/पछि ९८ दिन

2.      तलब–भत्ता: पूरा तलब पाइने।

3.      चाहेमा ६ महिना थप वेतनबिनाको प्रसूति विदा लिन सक्ने।

पुरुष कर्मचारीका लागि:

1.      पत्नी सुत्केरी हुँदा १५ दिन प्रसूति स्याहार विदा

2.      सेवा अवधिभरमा २ पटक मात्र लिन सकिने।

3.      तलब–भत्ता: पूरा तलब पाइने।

सुविधा:

·         प्रसूति वा प्रसूति स्याहार विदा लिएका कर्मचारीलाई बच्चाको स्याहारका लागि २ बच्चासम्म जनही रु. ५,०००/-

९.९ किरिया विदा 

1.      अवधि: अधिकतम १५ दिन

o    महिला कर्मचारीका लागि: पति, सासु, ससुरा, आमा/बाबुको मृत्युमा पनि पाउने।

2.      तलब–भत्ता: पूरा तलब पाइने।

 

९.१० अशक्त विदा  

1.      निगमको कामको सिलसिलामा घाइते कर्मचारीलाई अवस्था अनुसार दिइने।

2.      तलब–भत्ता: पूरा तलब पाइने।

3.      शर्तहरू:

o    (क) घाइते हुनु कर्मचारीको लापरवाही वा गल्तीबाट नभएको हुनुपर्छ।

o    (ख) विदाको लागि स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेको।

९.११ सट्टा विदा

1.      सार्वजनिक विदामा काम गर्दा ६ घण्टा वा बढी काम गरेमा एक दिनको सट्टा विदा पाइने।

2.      सट्टा विदा अर्को वर्ष सार्न सकिँदैन

९.१२ सार्वजनिक विदा  

1.      शनिवार बाहेक, संचालक समितिले तोकेको अनुसार।

2.      नेपाल सरकार आकस्मिक विदा दिने भएमा त्यस अनुसार।

3.      विदा गाभिने: भैपरी, घर, बिरामी बिदा बाहेकको विदामा सार्वजनिक विदा परेमा सो अवधि पनि लिएको विदामा गाभिने।

९.१३ विदा दिने अधिकारी  

1.      कार्यकारी प्रमुख: भैपरी आउने विदा लिन सक्ने।

2.      संचालक समितिका अध्यक्ष: कार्यकारी प्रमुख बाहेक अन्य विदा दिन सक्ने।

3.      निगमका कर्मचारीको विदा स्वीकृति कार्यकारी प्रमुख वा अधिकार प्रत्यायोजित अधिकारी मार्फत हुनेछ।

१०.५ संचय कोषको व्यवस्था  

1.      प्रत्येक स्थायी कर्मचारीको तलबको १०% कट्टा गरिनेछ।

2.      निगमले पनि सो रकममा १००% योगदान थप्नेछ।

3.      जम्मा रकम कर्मचारीको नाममा संचय कोषमा राखिनेछ।

१०.६ संचय कोषबाट रकम फिर्ता  

·         कर्मचारीले आफ्नो संचय कोषमा जम्मा रकम नियम अनुसार फिर्ता लिन सक्ने।

१०.७ संचय कोषबाट ऋण  )

·         कर्मचारीले आफ्नै संचय कोषको रकमबाट ऋण नियम अनुसार लिन सक्ने।

 

१२.१ अवकाश हुने अवस्था

कर्मचारीले निम्न अवस्थामा अवकाश पाउनेछन्:

1.      स्वेच्छाले राजीनामा / स्वेच्छिक अवकाश

2.      अनिवार्य अवकाश (नियम अनुसार)।

3.      सेवा हटाइएमा वा बरखास्त भएमा

4.      शारीरिक वा मानसिक अशक्तता

5.      मृत्यु

१२.३ अनिवार्य अवकाश

कर्मचारीलाई निम्न अवस्थामा अनिवार्य अवकाश दिइनेछ:

1.      उमेर ५८ वर्ष पुगेपछि।

2.      नायब कार्यकारी निर्देशकको पदावधि ४ वर्ष पूरा भएपछि।

3.      संचालक समितिले आवश्यक ठानेमा तीस वर्षे नीति लागू भएपछि।

१२.४ स्वेच्छिक अवकाश

1.      दश वर्ष स्थायी सेवा पूरा गरेका कर्मचारीले स्वीकृत अवधि भित्र स्वेच्छिक अवकाश लिन सक्ने; सेवा अवधिमा ५ वर्ष थप गर्न सकिन्छ।

2.      नियमित बढुवाका सम्भाव्य उम्मेदवारले एक तह माथिल्लो बढुवा + तलब सुविधा सहित अवकाश पाउने।

3.      नियमित बढुवाका उम्मेदवार नभएका कर्मचारीले बढुवा र तलब सुविधा पाउने छैनन्

4.      तीस वर्ष सेवा पूरा कर्मचारीले प्रति महिना १५ दिनको बेसिक तलब थप सुविधा पाउने; बीस महिना भन्दा बढी हुँदैन।

5.      स्वेच्छिक अवकाशको सूचना कम्तीमा एक महिना अगावै दिनु पर्ने।

6.      कर्मचारीले निगमलाई कुनै बाँकी रकम तिर्नु पर्ने भए नगरेसम्म स्वेच्छिक अवकाश वापत रकम प्राप्त नहुने।

१२.५ अशक्त कर्मचारी

·         स्थायी कर्मचारी जो शारीरिक/मानसिक कारणले नियमित सेवा गर्न असमर्थ छन् र नेपाल सरकारको मेडिकल बोर्डले प्रमाणित गरेमा, निगमले सेवा अवधिमा ५ वर्ष थप गरी अवकाश दिन सक्ने।

१२.६ उपदान  

·         पाँच वर्ष भन्दा कम सेवा: उपदान नपाइने।

·         ५–१० वर्ष सेवा: प्रत्येक वर्षको डेढ महिनाको तलब बराबर।

·         १०–१५ वर्ष सेवा: प्रत्येक वर्षको दुई महिनाको तलब बराबर।

·         १५–२० वर्ष सेवा: प्रत्येक वर्षको ढाई महिनाको तलब बराबर।

·         २० वर्ष भन्दा बढी सेवा: प्रत्येक वर्षको ३ महिनाको तलब बराबर।

 

१२.१० विशेष आर्थिक सुविधा

  • निगमको कर्मचारीको सेवामा मृत्यु भएमा, परिवारलाई १,५०,००० रुपैयाँ एकमुष्ट प्रदान गरिनेछ।

 

परिच्छेद-१३: आचरण  

निगमका कर्मचारीहरूले निम्न आचरणहरू पालना गर्नुपर्नेछ:

१३.१ दान, उपहार, चन्दा र सापटी

·         निगमको काममा असर पर्ने गरी कर्मचारीले स्वीकृति बिना दान, उपहार, चन्दा, ऋण आदि स्वीकार्न नपाउने

·         निगमसँग सम्बन्धित व्यक्ति वा संस्था सँग आर्थिक कृतज्ञता स्वीकार गर्न नहुने।

१३.२ व्यापार व्यवसाय

·         निगमको स्वीकृति बिना कुनै व्यापार वा फर्मको हिस्सेदार वा अन्य नोकरी स्वीकार्न नहुने।

·         तर, सामाजिक, साहित्यिक, ऐतिहासिक, वैज्ञानिक वा कलात्मक कार्य गर्न पाइने।

·         सार्वजनिक संस्थान, कम्पनी वा वित्तीय संस्थाको शेयर लिँदा नियम लाग्ने छैन।

१३.३ सम्पत्तिको विवरण

·         कर्मचारीले आफ्नै तथा परिवारको सम्पत्ति विवरण अनुसूची-१३ अनुसार पेश गर्नुपर्ने।

·         सम्पत्ति विवरणको अभिलेख अद्यावधिक राख्नुपर्ने।

१३.४ निगमको काम काज अथवा समाचार प्रकाश गर्न प्रतिबन्ध

·         निगमको स्वीकृति बिना आफ्नो ओहदामा थाहा पाएको कुरा प्रचार गर्न नहुने।

·         नियम सेवा छोडेपछि पनि लागू हुने।

१३.५ रेडियो, प्रेस वा अदालत सम्बन्ध

·         निगममा नकारात्मक प्रभाव पर्ने गरी पत्र पत्रिकामा लेख्न, प्रचार गर्न, प्रसारण गर्न नहुने।

·         आफ्नो ओहदाको सिलसिलामा आरोपको सफाई गर्दा स्वीकृति लिनुपर्ने; स्वीकृति भएमा खर्च निगमले व्यहोर्ने।

·         व्यक्तिगत काम वा चरित्रको सम्बन्धमा सफाई दिने अधिकारमा बाधा छैन।

१३.६ समय पालन र नियमितता

·         कर्मचारीले कार्यालयमा नियमित हाजिरी र स्वीकृत विदा लिनुपर्ने।

१३.७ राजनीति वा अबान्छनीय प्रभाव पार्न नहुनु

·         कर्मचारीले अन्य कर्मचारीमा राजनीतिक वा अबान्छनीय प्रभाव पार्न नहुने।

१३.८ निर्वाचनमा भाग नलिनु

·         कर्मचारीले राजनैतिक पदको चुनावमा भाग लिन वा मत माग्न नहुने।

·         मतदानको व्यक्तिगत अधिकार प्रयोगमा रोक छैन।

१३.९ हड़ताल, थुनछेक तथा घेराउमा प्रतिबन्ध

·         कार्यालय कार्यमा बाधा पुर्याउने हड़ताल, कलम बन्द, घेराउ वा मानसिक/शारीरिक दबाब दिन नहुने।

१३.१० बहु विवाह, बाल विवाह र अनमेल विवाहमा प्रतिबन्ध

·         कर्मचारीले बहु विवाह, बाल विवाह वा अनमेल विवाह गर्न नहुने।

१३.११ अनुशासन र आज्ञापालन

·         कर्तव्य तत्परताका साथ पालना गर्ने।

·         माथिका कर्मचारीको आदेश पालना गर्ने।

·         माथि कर्मचारीप्रति आदर देखाउने।

·         मुनिका कर्मचारी तथा बाह्य व्यक्तिसँग नम्र र शिष्ट व्यवहार गर्ने।

१३.१२ संस्थाको सदस्यता

·         स्वीकृति बिना कुनै संस्था वा कर्मचारी संघको सदस्य नबन्ने।

·         पेशागत हकहित र सामाजिक संस्थामा सदस्यता लिन यस विनियमले बाधा पुर्‍याउने छैन।

१३.१३ प्रतिनिधित्व गर्नमा प्रतिबन्ध

·         कर्मचारीले आफ्नो विषयमा न्यायका लागि आफैं वा वारेषद्वारा मात्र प्रतिनिधित्व गर्न सक्छ; अरु समूह वा व्यक्तिको तर्फबाट प्रतिनिधित्व गर्न नहुने।

 

१३.१४ मादक पदार्थ वा लागू पदार्थ सेवन

  • कर्मचारीले कार्यालयमा मादक वा लागू पदार्थ सेवन गर्न वा सेवन गरी कार्यालयमा आउन नहुने

  • सेवन पुष्टि भएमा विभागीय कारवाही हुनेछ।

१३.१५ पद अनुसार आचरण र पोशाक

  • कर्मचारीले आफ्नो पदअनुकूल आचरण गर्नुपर्नेछ।

  • निगमले तोकेको पोशाक अनिवार्य

  • पोशाक नलगाएमा पोशाक संरक्षण खर्च र पोशाक खर्च कटौती गरिनेछ।

१३.१६ निगमको अहित हुने कार्य नगर्नु

  • कर्मचारीले निगमको व्यापारिक स्थिति वा प्रतिष्ठामा हानि पुर्याउने काम नगर्नु।

  • प्रमाणित भएमा विनियम र प्रचलित कानून अनुसार कारवाही

१३.१७ हानि नोक्सानी नगर्नु

  1. कर्मचारीले निगमलाई कुनै प्रकारको हानि नपुर्याउने।

  2. लापरवाहीले कारोबार वस्तु, गुणस्तर, वा राष्ट्र/निगमलाई हानि नपुर्याउने।

१३.१८ कम्पनीको स्थापना, संचालन र संलग्नता

  1. स्वीकृति बिना कुनै बैंक वा कम्पनी स्थापना/संचालनमा संलग्न नहुने।

  2. कर्मचारी/परिवारले निगमसँग सम्बन्धित आपूर्तिकर्ता, डिलर वा सेवा प्रदायकको रूपमा कारोबार नगर्ने।

  3. प्रतिस्पर्धि निकायसँग कुनै कार्यमा संलग्न नहुने।

१३.१९ खराब आचरण मानिने अवस्था

  • निगमको काममा अनुपस्थित, काम गर्न इन्कार, नगद/सम्पत्ति हिनामिना, गैरकानुनी रकम लिनु/दिनु।

  • ऐन, नियम, विनियम, आदेश पालन नगर्ने।

  • शपथ विपरित कार्य।

  • समयमै कार्यालय नआउने।

  • गोप्य सूचना प्रवाह वा प्रतिस्पर्धीलाई सहयोग।

  • यौनजन्य दुराचार   वा अन्य आचरण विपरित कार्य।

१३.२० स्थायी आवासीय अनुमति लिन नहुने

  • कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा आवेदन दिन नहुने

     

    परिच्छेद-१४: विभागीय कारवाही

    १४.१ सजायको प्रकार
    निगमका कर्मचारीलाई उचित कारण देखाएर तल उल्लेखित सजाय गर्न सकिनेछ:

    (क) सामान्य सजाय:

    1.      नसीहत दिने।

    2.      बढ़ीमा पाँच तलब वृद्धि रोक्का।

    3.      बढ़ीमा पाँच वर्षसम्म बढ़ुवा रोक्का।

    (ख) विशेष सजाय:

    1.      भविष्यमा निगमको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने

    2.      भविष्यमा निगमको सेवामा अयोग्य ठहराएर सेवाबाट बर्खास्त गर्ने।

    १४.१ क: सामान्य सजाय लाग्ने कारणहरू

    ·         समयपालन नगर्नु वा कार्यालयमा नियमित नरहनु।

    ·         अनुशासन/आज्ञापालन नगर्नु।

    ·         निगमको हित विपरित वा जिम्मेवारीपूर्वक काम नगर्नु।

    ·         काम सन्तोषजनक नभएमा।

    ·         सेवाग्राही उजूरी बेवास्ता।

    ·         पूर्व स्वीकृति बिना अनुपस्थित रहनु।

    ·         गोपनीयता भङ्ग।

    ·         पेट्रोलियम पदार्थको जानकारिपूर्वक नोक्सानी।

    ·         अन्य निर्दिष्ट उल्लङ्घनहरू।

    १४.१ ख: सेवाबाट हटाउने कारणहरू

    ·         शारीरिक/मानसिक अयोग्यता।

    ·         बारम्बार आचरण उल्लङ्घन।

    ·         कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन।

    ·         बारम्बार अनुशासनहीन।

    ·         विनियम १३.८ विपरित निर्वाचनमा भाग।

    ·         जिम्मेवारी बेवास्ता।

    ·         लगातार ९० दिन अनुपस्थित।

    ·         जिम्मेवारी पुरा नगर्दा आर्थिक हानि।

    १४.१ ग: बर्खास्त हुने कारणहरू

    ·         फौजदारी अभियोगमा दोषी ठहर।

    ·         आर्थिक हिनामिना/भ्रष्टाचार।

    ·         गलत व्यक्तिगत विवरण प्रस्तुत गरेर सेवामा प्रवेश।

    ·         विदेश स्थायी आवासीय अनुमति।

    १४.२ सजाय आदेश दिने अधिकारी

    ·         सामान्य सजाय: कार्यकारी निर्देशक

    ·         हटाउने/बर्खास्त:

    o    तहविहीन/सहायक कर्मचारी: कार्यकारी निर्देशक।

    o    अधिकृतस्तर: समितिले तोकेको सदस्य वा उपसमिति।

    o    उपसमितिमा सजाय दिने कर्मचारी कार्यरत पदभन्दा एक तह माथिको अधिकृत सदस्य हुनु पर्छ।

    १४.३ पुनरावेदन सुन्ने अधिकारी

    ·         ३५ दिनभित्र पुनरावेदन गर्न सक्ने।

    ·         सामान्य सजाय: संचालक समितिका अध्यक्ष।

    ·         विशेष सजाय: संचालक समिति।

    ·         निर्णय अन्तिम मानिने।

    १४.४ निलम्बन

    ·         सजाय दिने अधिकारीले कर्मचारीलाई निलम्बनमा राख्न सक्ने यदि:

    o    प्रमाण संकलन वा हानीको संभावना।

    ·         निलम्बनमा: मासिक तलबको आधा मात्र

    ·         प्रमाणित नभएमा बाँकी तलब भत्ता दिनुपर्ने।

    ·         निलम्बन साधारणतया ४५ दिनभन्दा बढी नहुने; असाधारण अवस्थामा कार्यकारी प्रमुखले बढाउन सक्ने।

    ·         फौजदारी अभियोगमा गिरफ्तार अवस्थामा स्वतः निलम्बन मानिने।

    १४.५ सजाय सम्बन्धी कार्यविधि

    1.      सामान्य सजाय: १५ दिनको सूचना + सफाई पेश गर्ने मौका।

    2.      विशेष सजाय: ३० दिन म्याद + स्पष्टिकरण।

    3.      अधिकारीले जाँचबुझ् गर्न सक्ने; प्रतिवेदनमा कारण, राय र सबूत पेश गर्नुपर्ने।

    4.      नोकरीबाट अवकाश दिनुपर्दा माथिको कार्यविधि लागु नहुने:

    o    परीक्षणकालमा नियुक्त कर्मचारी।

    o    करार/अस्थायी कर्मचारी।

    o    फौजदारी अभियोगमा दोषी।

    o    भ्रष्टाचार प्रमाणित।

     

परिच्छेद-१५: सेवा सुविधा

१५.१ अतिरिक्त समयमा काम गरेको भत्ता

1.      कार्यालय समयभन्दा बाहिर अतिरिक्त समय काम गर्दा अतिरिक्त भत्ता दिइनेछ।

2.      अतिरिक्त समयमा गर्नु पर्ने कामको विवरण पूर्व स्वीकृति लिन अनिवार्य।

१५.२ औषधोपचार

1.      वार्षिक औषधोपचार भत्ता:

o    अधिकृत: १ महिनाको तलब

o    सहायक ४/५ तह: १.५ महिनाको तलब

o    सहायक १/२/३ तह: २ महिनाको तलब

2.      अस्पतालमा भर्ना भए ५ वर्ष स्थायी सेवा पुरा कर्मचारी र परिवारको पूर्ण भुक्तानी

3.      नेपालमा उपचार नसक्ने भए भारतमा सिफारिस: अस्पतालको बिल + भारत बस्ने खर्च + कुरुबाको खर्च।

4.      अधिकृत कर्मचारी: दुई वर्ष बराबर, सहायक कर्मचारी: २.५ वर्ष बराबर भत्ता भन्दा बढी नदिने।

5.      सेवा अवधिभर उपर्युक्त रकम नलिइ सकेको भए उपलब्ध गराइने।

6.      दुर्घटना वा गम्भीर रोगमा थप उपचार खर्च (अधिकतम ५ लाख) उपलब्ध।

o    जानाजानी लापरवाहीले चोट लागेको भए सुविधा नपाइने।

१५.३ परिवहन सुविधा

·         कर्मचारीलाई परिवहन सुविधा उपलब्ध गराइने।

१५.४ खाजा खर्च

·         दैनिक रू. १०० खाजा खर्च।

१५.५ बीमा

1.      स्थायी कर्मचारीको छ वर्षको तलब बराबर जीवन बीमा

2.      दुर्घटना बीमा: संचालक समितिको व्यवस्था अनुसार।

१५.६ कर्जा, ऋण र सापटी

1.      घर जग्गा खरिद/निर्माण सापटी:

o    ५ वर्ष स्थायी सेवा पुरा कर्मचारीलाई, ७ वर्ष तलब बराबर, २% वार्षिक व्याज, २५ वर्ष वा अवकाश मिति अनुसार किस्ता कट्टा।

2.      घर मर्मत सापटी:

o    २ वर्ष स्थायी सेवा पुरा, १ वर्ष तलब बराबर, २% वार्षिक व्याज, ५ वर्षमा मासिक कट्टा।

o    आफ्नै वा पति/पत्नीको नाममा घर नभएको कर्मचारीलाई छैन।

3.      सामाजिक कार्य सापटी:

o    ३ महिनाको तलब, २% वार्षिक व्याज, १ वर्ष भित्र मासिक कट्टा।

o    विवाह/ब्रतबन्धमा: ५ महिनाको तलब बराबर।

4.      मोटरसाइकल सापटी:

o    ५ वर्ष स्थायी सेवा पुरा, रु. ७५,०००, ४% वार्षिक व्याज, ७ वर्ष मासिक कट्टा, एक कर्मचारीले १० वर्षभित्र एक पटक मात्र।

o    मासिक तलबको २५% कट्टा हुँदा तलब कम भए सापटी उपलब्ध हुँदैन।

१५.७ कर्मचारीलाई दिने पोशाक

·         अनुसूची-१५ अनुसार पोशाक खर्च उपलब्ध

१५.८ इन्धन तथा आवास सुविधा

·         स्थायी कर्मचारीलाई संचालक समितिको निर्णय अनुसार इन्धन र आवास सुविधा उपलब्ध।

परिच्छेद-१६: विविध

१६.१ कर्मचारीको सबै समय निगमको अधिनमा   

१६.२ कार्यालय समय, समय पालन र हाजिरी

1.      सबै कर्मचारीले नियत कार्यालय समयमा नियमित हाजिरी दिनु पर्नेछ।

2.      निर्धारित समयमा हाजिरी नगर्ने कर्मचारीलाई कार्यकारी प्रमुख वा अधिकार प्राप्त अधिकृतले गयल गर्न सक्नेछ

१६.३ कार्यालय खुल्ने समय

1.      मार्ग, पौष, माघ: बिहान १० बजे – साँझ ४ बजे

2.      अन्य महिनाहरू: बिहान १० बजे – साँझ ५ बजे

3.      शुक्रवार: बिहान १० बजे – दिन ३ बजे

१६.४ बर बुझारथ

1.      सरुवा हुँदा सम्पत्ति, कागजपत्र आदि १५ दिनभित्र बुझाउन/बुझ्न।

2.      बहालीको दिनको सूचना छिट्टै दिनुपर्ने।

3.      बर बुझारथको विवरण प्रशासन विभागमा पठाउने।

4.      बहालवालाले बहाल नगरेको खण्डमा, साविकवालाले निकटतम तल्लो कर्मचारी मार्फत कार्य सम्पादन।

१६.५ चाडपर्व खर्च

1.      स्थायी कर्मचारी: एक महिनाको तलब बराबर रकम, चाड सुरु हुनु १५ दिन अघि उपलब्ध।

2.      अस्थायी कर्मचारी: छ महिना सेवा पूरा भएमा मात्र।

१६.६ प्रोत्साही पुरस्कार

1.      उत्कृष्ट कार्य/लस कन्ट्रोल, गुणस्तर कायम गर्न योगदान: प्रत्येक वर्ष २५,००० रुपैयाँ, अधिकतम ५ कर्मचारी।

o    तीन वर्ष सेवा नपुगेको कर्मचारीले पुरस्कार पाउँदैन।

१६.७ अधिकार प्रत्यायोजन

१६.८ कार्य सम्पादन मूल्याङ्कन फारम

१६.९ सेवामा नियुक्ति भएको कर्मचारीको अभिलेख

१६.१० उमेरको हिसाब

1.      प्रमाणपत्रमा किटिएको जन्म मिति अनुसार।

2.      प्रमाणपत्र फरक भएमा सबैभन्दा बढी उमेर मानिने।

3.      प्रमाणपत्र नभए: प्रवेश बेला भरेको रेकर्ड वा नागरिकता प्रमाणपत्र।

4.      पूर्व प्रहरी/सेना कर्मचारी: निवृत्तिभरण/पेन्सनपत्रमा उल्लेखित उमेर।

5.      नागरिकता प्रमाणपत्रमा जन्म मिति स्पष्ट नभए, प्रमाणपत्र जारी मितिले उमेर मानिने।

१६.११ तयारी म्याद

·         जिल्ला सरुवा हुँदा: ७ दिन तयारी म्याद (उपत्यका भित्र छैन)।

१६.१२ शोक बिदा

·         कर्मचारीको मृत्यु भएमा आधा दिन बिदा।

१६.१३ मृत्युपरान्तको रकम

१६.१४ पेश्की, ऋण वा सापटी मिनाहा

·         मृत्युपरान्त बाँकी ऋण वा सापटी मिनाहा।

१६.१५ परीक्षणकालमा रहेका कर्मचारीको सम्बन्धमा

·         नयाँ भर्ना भई परीक्षणकालमा रहेका कर्मचारीको नियम/सुविधा यस अन्तर्गत लागू।




२.४ नेपाल आयल निगम लिमिटेडको कर्मचारी प्रशासन सम्बन्धी विनियमको विदा, आचरण र विभागीय कारवाही सम्बन्धी

Post a Comment

0Comments

Post a Comment (0)